सुचना प्रविधिको विकास सङ्गै पछिल्लो समय छापा सञ्चार माध्यम (पत्रपत्रिका), रेडियो, टेलिभिजनका साथै अनलाइन सञ्चार माध्यमहरु खुल्ने क्रम बढ्दो छ । सोही क्रममा काभ्रेपलाञ्चोक जिल्लामा अहिले करिब तीन दर्जन अनलाइन सञ्चार माध्यमहरु सञ्चालनमा रहेका छन् ।
अनलाइन सञ्चार माध्यम खुल्ने क्रममा अहिले ‘एक सञ्चारकर्मी, एक अनलाइन’ हुने अवस्थामा पुगेको छ । जिल्लामा सञ्चालित अनलाइन सञ्चार माध्यमको भीडमा रहेको ‘बेथानचोक खबर डटकम’ अनलाइनले सातौँ वर्ष पार गरी आठौँ वर्ष प्रवेश गरेकोमा यसका सञ्चालक तथा यस अनलाइनमा आवद्ध सम्पूर्ण सञ्चारकर्मीमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु ।
‘खबरमा तिव्रता, अनि विश्वसनियता’ को मूल मर्मलाई अघि सारेर विगत आठ वर्षदेखि जिल्लाबाट सञ्चालन हुँदै आएको बेथानचोक खबर डटकमले समाजमा भएका गतिविधिको सुचना पाउने आम नागरिकको अधिकारलाई पुरा गर्दै आएको छ ।
आगामी दिनमा पनि यस अनलाइनले समाजमा भएका बेथिती, विकास निर्माण, कृषि तथा पशुपालन, पर्यटन, शिक्षा, स्वास्थ्यलगायतका विभिन्न विषयका खबरलाई प्राथमिकता दिँदै विभिन्न क्षेत्रमा सफल भएका व्यक्तित्वका सफलताका कथाहरुलाई पनि आफ्ना पाठक माझ पस्कियोस् भन्ने आग्रह गर्न चाहन्छु ।
सातौँ वर्ष पुरा गरी आठौँ वर्षमा प्रवेश गरेको अवसरमा बेथानचोक खबर डटकमले आफ्नो उचाई ‘बेथानचोक नारायणस्थान’ जस्तै कायम राखोस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु ।
केदारनाथ तिमल्सिना
अध्यक्ष
प्रेस चौतारी नेपाल, काभ्रेपलाञ्चोक
शुभकामना !




















