बिहिबार, आषाढ ०४, २०८३
लोकप्रियताको बाटोमा बेथानचोक खबर

सर्वप्रथम बेथानाचोक खबर डटकमले ७ औं बर्ष पार गरि ८ औ बर्षमा प्रवेश गरेकोमा सञ्चालक टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । काभ्रे जिल्लाका नागरिकहरुबीच बेथानाचोक खबर डटकम लोकप्रिय बन्दै गएको छ । अनलाइन सञ्चारको क्षेत्रमा बेथानाचोक नारायणस्थान जस्तै उच्च सफलता र लोकप्रियता मिलोस भन्ने कामना गर्दछु ।

अनलाइन सञ्चार जगतको कुरा गर्दा सञ्चार जगतमा छापा, रेडियो, टिभी जस्तै पत्रकारिताको नयाँ विधाको रूपमा अनलाईन पत्रकारिता स्थापित भैरहेको छ । अनलाईन पत्रकारिता कम्प्युटर आधारित सञ्चार (कम्प्युटर मेडिएटेड कम्युनिकेसन) सिद्धान्तमा आधारित हुन्छ । विश्वमा इन्टरनेट विकास सन् १९९० पछि मात्रै व्यापकता पाउन थालेको थियो । नेपालमा कम्प्युटर सन् १९७० को दशकमा भित्रिए पनि सन् १९९० दशकदेखि मात्रै व्यापकता पाउन थालेको हो ।

इन्टरनेटको विकासले संसारलाई एउटै गाउँमा सीमित गर्न थालेपछि यसको माध्यमबाट पत्रकारिता पनि सम्भव छ भन्ने अवधारणा अघि आएको थियो । यही अवधारणा अनुसार सन् १९९२ मा अमेरिकाको ‘सिकागो ट्रिब्युन’ पहिलो पटक अनलाईन पत्रकारितामा प्रवेश गर्यो भन्ने तथ्य छ । नेपालमा सन् १९९४ मा इन्टरनेट भित्रियो । नेपालमा सन् १९९५ तिर दक्षिण एसिया मै पहिलो पटक अङ्ग्रेजी दैनिक ‘दि काठमाडौँ पोष्ट’ अनलाईनमा गयो । यसरी अनलाइन न्युज पोर्टलहरुको बिकास भएको देखिन्छ ।

पत्रकारीताको दुनियामा अहिलेसम्मको सबैभन्दा कान्छो विधाको रूपमा अनलाईनको विकास भएको भएपनि यसको लोकप्रियता बढ्दो छ। छोटो समयममै यसले परम्परागत सञ्चारमाध्यम छापा, रेडियो र टेलिभिजनलाई चुनौति दिन सक्षम भइसकेको छ। विस्तारै परम्परागत मिडियाहरू अहिले पूर्ण रूपमा अनलाईनमा निर्भर बन्दै जानु तथा नेपाल मै पनि परम्परागत सञ्चार माध्यमको तुलनामा अनलाईन पत्रकारीताको विकास र विस्तार तिव्र गतिमा भइरहेको छ।

यसरी नै बेथानाचोक खबर डटकम पनि स्थापना भएको ७ बर्ष पूरा भएर ८ औ बर्षमा प्रबेश गरेको छ । अनलाइन पत्रकारिता जस्तै बेथानाचोक खबरले पनि लोकप्रियताको बाटो पहिल्याइ रहेको पाइएको छ । अनलाइन पत्रकारिताको माध्यामबाट नागरिकहरूलाई सुसूचित गरिरहेको छ । सात बर्षको अन्तरालमा यो सञ्चारमाध्यामबाट लाखौ नागरिकहरुमाझ सूचना प्रवाह गरेको छ । यो नै यसको सफलता हो ।

खबरमा तिब्रता, अनि विश्वासनीयता भन्ने नारा जस्तै आफ्नो कर्ममा पनि लागिरहेको छ बेथानचोक खबर । यस न्युज पोर्टलले विविध विधालाइ प्राथमिकता दिदै गएको पाइएको छ । अन्य विधा जसरी नै आदिवासी जनजाति र पिछडिएका बर्गको बिषयको समाचारले पनि पहोलो प्राथमिकता पाउनेछ भन्ने विश्वास लिएको छु । आगामी दिनमा आदिवासी जनजातिको सवालमा लेखिएको समाचार हेर्न र बुझ्न परेमा बेथानाचोक खबर डटकम लगिन गर्ने युजरको भिड लाग्नेछ भन्ने कामना गर्दछु ।

इन्द्रबहादुर थापा
अध्यक्ष
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), काभ्रेपलाञ्चोक

 

सिफारिस

ताजा समाचार

लोकप्रिय