बेथानाचोक खबर ७ वर्ष पूरा गरि ८ औ वर्ष प्रवेश गरेकोमा हार्दिक बधाई एबम निरन्तरताको शुभकामना व्यक्त गर्दछु l खबरमा तीव्रता अनि विस्वसनियताको नारालाई आत्मसात गर्दै नागरिकलाई सुसूचित गराउने अभियानमा जुट्नु, समाजलाई जागरुक बनाउनु पनि हो । तीव्रताको अर्थ तीव्र हुने, भाव वा तीक्ष्णता, छिटोपन भन्ने बुझिन्छ अनि विश्वसनियता भित्र तथ्यको आधारमा सत्य उजागर गर्नु संचार कर्मको मुल धर्म हो । सोही अनुसार नागरिकमा विसवाश योग्य बन्न सक्नु संचार कर्म र सञ्चार माध्यमको रास्ट्रय सम्पत्ति हो । चुनौतीको चाङ्लाई चिर्दै अघि बढ्ने पेशा हो पत्रकारिता ।
देशमा आएको २०४६ को राजनीतिक परिवर्तनको खिलाफमा २०५२ सालबाट माओवादी केन्द्रको शस्त्र जनयुद्ध, राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन, सात राजनीतिक दलले भारतमा गरेको १२ बुदे सहमती, २०६२÷२०६३ को जनआन्दोलन, २०७२ बैशाख १२ र २९ को विनासकारी भूकम्पको क्षति, नेपाल राज्यका नागरिकहरुले भोग्नुपरेका समस्या, आर्थिक सामाजिक रुपान्तरणमा देखिएका जटिलताका सवालहरुलाई सञ्चार माध्यमले उजागर गरेका विषयवस्तुहरु आम नागरिकका बिचमा पु¥याउने जिम्मेदारी पुरा गर्नुछ ।
त्यसै गरी कोभिड १९ को प्रकोपले विश्वलाई नै थिलथिलो बनाई आर्थिक संकटको चपेटामा पर्दा सञ्चार माध्यमले व्यहोर्नु परेको परिस्थितिले मोफासेलबट प्रकाशित छापा माध्यमले झन थप आर्थिक संकटको सामना गर्नु पर्यो । त्यस्तै २०८१ असोज १० देखि १२ गते सम्म परेको अविरल वर्षातका कारण नागरीकहरुले व्यहोर्नु परेको कष्टकर जीवन सहजताका लागि सञ्चार मध्यमले सम्बन्धीत निकायलाई झकझकाउने कार्य निरन्तर गरिरह्यो । यस्ता यावत संकटका चरमचुलीलाई चिर्दै सञ्चार माध्यम निरन्तर अघि बढि रहेका छन् ।
सञ्चार माध्यामले केन्द्र, प्रदेश र स्थानीय सरकारले गरेका राम्रा कार्यलाई फैल्याउने नराम्रा कार्यलाई खबरदारी गरी औंल्याउने समाजमा देखिएका विकृति, विसंगतिका विरुद्ध सञ्चारको माध्यमबाट उजागर गर्न निरन्तर लाग्नु सञ्चार कर्मको मर्म र धर्म हो । यो या त्यो पंक्तिामा नउभिई समाजमा पछाडी परेका, पारिएका वर्ग, निम्न वर्गीयको उत्थानको लागि उनीहरुले व्यहोर्नु परेका समस्या, उनीहरुको आवाजलाई बुलन्द गरि उजागर गर्नु सञ्चार माध्यमको कर्तव्य र दायित्व हो । उनीहरुको मुद्धालाई सम्बोधन गरी जीवन यापनलाई सहजता बनाउनु राज्यको दायित्व हो ।
गरीवीका रेखा मुनि रहेका, पछाडी पारिएका, वर्गको लागि रोजगारीको प्रवन्ध गरि अभिभावकाको भूमिका राज्यले निभाउन जरुरी छ । जहाँ वेथिति छ त्यसको अन्त्य गरी नागरिकको जिवनमा हाँसो र खुसी ल्याउन, शान्ति अमनचयन, विकास र समृद्धिको यात्राको गन्तव्यमा पु¥याउन लोकतन्त्रप्रतिको राज्य व्यवस्थाको प्रत्याभूति नागरिकमा हुन जरुरी छ । व्यवस्था परिवर्तन भएपनि अवस्था परिवर्तनको आभाष नागरिकले प्राप्त गर्न नसक्दा नागरिकहरुमा चरम निराशा छ ।
राज्यको बागडोर समालिसकेका राजनितिक दलका नेतृत्व सत्ता लिप्सामा लाग्दा, जनताप्रति गैर जिम्मेवार बन्दा देशमा वेथिति भष्ट्राचार मौलाएको छ । सत्ता र शक्तिको आडमा ठूलालाई चैन सानालाई ऐन भएको छ । नागरिकले प्राप्त गर्नुपर्ने सेवा प्रवाहमा संरचनागत सुधार बिना गणतन्त्र बलियो हुन सक्दैन नागरिकको आर्थिक समृद्धि हुन जरुरी छ । बेथिति, विकृति र विसँगतिको विरुद्धमा सञ्चारकर्मको माध्यमबाट उजागर गर्न निरन्तर लाग्नु नै छ । त्यहि नै सञ्चार कर्मको सत्कर्म हो ।
सूचना र प्रविधिको युगमा, फेसबुक, युुटुब, सामाजिक सञ्जालको दवदवाको चुनौतीको चाङलाई चिरेर सत्य र न्यायको पक्षमा उभिएर कलम चलाउनु हाम्रो कार्यभार हो । प्रविधिको जमानामा अनलाइन मिडियाको क्रेज निरन्तर अघि बद्दै गएको छ । सत्य र तथ्यमा समाचार उजगार गरी पाठकको रुचि अनुसार सञ्चार माध्यम सञ्चालन गर्नु आपैंmमा चुनौती पनि हो ।
रमेश प्रसाद न्यौपाने
संयोजक
सामुदायिक रेडियो प्रसारक संघ, काभ्रे
























