काभ्रे जिल्लाबाट संचालित बेथानचोक खबर डटकम ७ औं वर्ष पुरा गरेर ८ औं वर्षमा प्रवेश गरेको छ । यस उत्सवमय अवसरमा मेरो व्यक्तिगत तर्फबाट र काभ्रे रेडियो टेलिभिजन प्रसारक मञ्चको तर्फबाट बेथानचोक खबरलाई धेरै धेरै शुभकामना दिन चाहन्छु ।
सुचनाको हकलाई आत्मसाथ गर्दै अगाडी बढेको बेथानचोक खबर अनलाइनहरुको भीडमा आफ्नै छुट्टै खालको पहिचान बनाउन सफल भएको छ, यसरी नै पहिचान बनाउँदै र सकारात्मक समाचार सबैसामु पु¥याउँन अझ महत्वपूर्ण भूमिका खेल्न सकोस्।
साथै आगामी दिनमा मुलूकको राष्ट्रिय स्वाधिनता, आत्मनिर्भर अर्थतन्त्रको निर्माण, खेलकूद र मनोरञ्जनको क्षेत्रमा उल्लेख्य भूमिका निर्वाह गर्न यस मिडियालाई अझ सफलता मिलोस् भन्ने शुभकामना !
सचित खड्का
अध्यक्ष
काभ्रे रेडियो टेलिभिजन प्रसारक मञ्च
























