बिहिबार, आषाढ ०४, २०८३
समाजमा जागरूकता फैलाउने कार्य गरोस्

बेथानचोक खबर डटकम (www.bethanchokkhabar.com) को सात वर्षको सफल यात्रा पूरा गरी आठौं वर्षमा प्रवेश गरेकोमा हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

स्थापनाकालदेखि स्थानीय, क्षेत्रीय र राष्ट्रिय स्तरमा समेत आफ्नो पहिचान बनाउँदै सुसूचित समाज निर्माणमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको यस अनलाइनले आजको युगमा डिजिटल पत्रकारिताको विकासमा महत्वपूर्ण योगदान पु¥याएको छ ।

बेथानचोक खबर डटकमले ग्रामीण भेगदेखि शहरी क्षेत्रसम्मका पाठकहरूलाई समयमै समाचार, विचार र विश्लेषण सहितको सूचना सामग्री मार्फत् समाजमा जागरूकता फैलाउने कार्य गरेको छ । सूचनाको पहुँचलाई लोकतान्त्रिक बनाउँदै हरेक व्यक्तिलाई आफ्नो अधिकार र कर्तव्यप्रति सचेत गराउने कार्यमा यस अनलाइनले महत्वपूर्ण योगदान गरेको छ ।

आगामी दिनमा पनि बेथानचोक खबर डटकमले अनलाइन पत्रकारिताको विश्वसनीयता र उत्कृष्टता कायम राख्दै पाठकसमक्ष सत्य तथ्य, निष्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्न सफलता प्राप्त होस् भन्ने कामना गर्दछौं ।

दिनेशराज खरेल
का. वा अध्यक्ष
समाजबादी प्रेस संगठन, काभ्रेपलाञ्चोक

 

शुभकामाना !

सिफारिस

ताजा समाचार

लोकप्रिय