
काभ्रे । दिन प्रतीदिन राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रबेश गर्नेहरुको लर्को लाएको छ । पार्टी बिस्तार अथवा वडा कमिटी गठन गर्ने क्रममा एमाले, काङ्ग्रेस र माओवादी पार्टी परित्याग गरि ४७ जनाले रास्वपामा प्रवेश गरेका हुन् ।
धुलिखेल संगठन बिभागको प्रमुख रबिन्द्र कर्माचार्यको कुशल नेतृत्वमा धुलिखेल-५ मा घण्टीमय बन्दै गएको हो । कर्मथलो धुलिखेल-४ भएपनी जन्मथलो धुलिखेल-५ भएको कारण कर्माचार्यको ठुलो भुमिका देखिएको हो । केही बर्ष अगाडी मात्र नेपाली काङ्ग्रेस परित्याग गरि रास्वपमा प्रबेश गरेका कर्माचार्य अहिले राजनीतिमा ठूलो फट्को मारेको देख्न थालेको छ ।
उनले आफु मात्र होइन धुलिखेल नगरभित्र रहेका नेकपा एमाले र नेपाली काङ्ग्रेसका धेरै बाैद्विक र दिगज ब्यक्तिलाई राष्ट्रिय स्वतन्त्र पार्टीमा सामेल गराई सकेका छन् ।
लामो समयदेखि राजनीतिमा क्रियाशील रहेका प्रबिण श्रेष्ठको सभापतिमा ११ सदस्यको टीम निर्वाचित भएका छन् । उक्त टीममा उपसभापति नरेश चौधरी, सचिबमा प्रमेश कर्माचार्य, सदस्यहरु शर्मिला जोशी कार्की, संगीता माझी साही, साहिल साही, बिनय श्रेष्ठ, प्रमिला सुवाल, अक्कल बहादुर नापित, धुर्व जोशी श्रेष्ठ र बिजय सुवाल रहेका छन् ।
वडा भेलामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा जिल्ला सचिब जिएन सापकोटा, क्षेत्रीय सभापति तारा बहादुर कुवर, धुलिखेल, बनेपा र पनौतीका नगर सभापतिको उपस्थिति रहेको थियो ।