मंगलबार, बैशाख ०८, २०८३
दुर्गा प्रसाईंलाई विमान चढाइयो, काठमाडौं ल्याइँदै

काठमाडौं । दुर्गा प्रसाईं र उनका बडिगार्ड दीपक खड्कालाई काठमाडौं ल्याउन विमान चढाइएको छ ।

झापाको चन्द्रगढी विमानस्थलबाट उनीहरुलाई काठमाडौैं ल्याउन लागिएको हो । काठमाडौं आउनका लागि उनीहरु दुबै जना प्लेन चढिसकेको र अबको केहीबेरमा काठमाडौं आइपुग्ने प्रहरी स्रोतले बतायो ।

उनीहरुलाई बुद्ध एअरको फ्लाइटमार्फत काठमाडौं ल्याइँदैछ । प्रसाईं विहीबार भारतको आसाम राज्यमा फेला परेका थिए । उनलाई ल्याउन नेपाल प्रहरीको विशेष ब्यूरो र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली भारत पुगेको थियो ।

१५ चैतमा तीनकुनेमा भएको राजावादी आन्दोलनका उनी मुख्य कमाण्डर हुन् । उनकै नेतृत्वमा भएको हिंसात्मक प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो । सो घटनापछि प्रसाईं भागेर भारत पुगेका थिए ।

 

सिफारिस

ताजा समाचार

लोकप्रिय