मंगलबार, बैशाख ०८, २०८३
पूर्वप्रहरी महानिरीक्षक प्रदीप शमशेर राणाको निधन

काठमाडौँ । पूर्व प्रहरी महानिरीक्षक प्रदीप शमशेर राणाको निधन भएको छ । उनको ७८ वर्षको उमेरमा गएराति नर्भिक अस्पतालमा निधन भएको हो ।

राणाको आजै ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाईएको छ । राणा २०५७ असोज महिनादेखि २०५९ पुससम्म प्रहरी महानिरीक्षक बनेका थिए ।

उनका छोरा दीपशमशेर जबरा हाल प्रहरी वरिष्ठ उपरीक्षकमा कार्यरत छन् ।

सिफारिस

ताजा समाचार

लोकप्रिय