काभ्रे । जिल्लाको सदरमुकाम धुलिखेल नगरपालिका – ३ नयाँबस्तीमा रहेको शक्तेश्वर महादेव मन्दिर संरक्षणका लागि महायज्ञ हुने भएको छ ।
श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ २०८२ बैशाख १ गतेबाट सुरु हुनेछ । महायज्ञ बैशाख ९ गतेसम्म सञ्चालन हुनेछ । महायज्ञमा वाचक युवा पण्डित अश्विन कौण्डिन्य पराजुली र उपवाचक पण्डित सुरज सापकोटाले कथा वाचन गर्नु हुनेछ
मन्दिर जीर्णद्वार, सामुहिक भवन तथा सतल निर्माण र मन्दिर परिसर क्षेत्र तारबारका लागि महायज्ञ आयोजना गरिएको शक्तेश्वर महादेव मन्दिर परिसर संरक्षण समितिले जनाएको छ ।



















