काभ्रे । जिल्लाको चौरीदेउराली गाउँपालिका –१ वाङ्थलीमा चट्याङ लागेर एक जना घाइते भएका छन् ।
सोमबार साँझ हावाहुरी तथा पानीसँगै आएको चट्याङ लागेर चौरीदेउराली गाउँपालिका –१ वाङ्थलीमा २० बर्षिया सुजता पराजुली घाइते भएको प्रहरीले जानकारी दिए ।
चट्याङ लागेर सपना बेहोस भएपछि घाइत जनाउँदै उपचारका लागि शीर मेमोरियल अस्पताल बनेपा ल्याईएको छ । उनको अवस्था मध्यम रहेको छ ।



















