वाइसीएल नेपाल खानीखोला गाउँपालिकाको दोस्रो सम्मेलन सम्पन्न

काभ्रे । योङ्ग कम्युनिष्ट लिग (वाइसीएल) नेपाल खानीखोला गाउँपालिकाको दोस्रो सम्मेलन सम्पन्न भएको छ । शनिबार माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा वाइसीएल नेपालका इन्चार्ज राम प्रसाद सापकोटा ( दिपशिखा) को प्रमुख अतिथ्यतामा खानीखोलाको तालढुङ्गामा भव्य रुपमा सम्पन्न भएको हाे।

कार्यक्रम सम्बोधन गर्दै सापकोटाले देश माओवादीमय बनेको र यो देशमा सिङ्गो परिवर्तन गर्न माओवादीको ठुलो भुमिका हरेक बताए । साथै उनले छुवाछूत भेदभाव जनताको न्यायमा उभिने पार्टी नै माओवादी पार्टी रहेको जिकिर गरे ।

यो देश समाज परिवर्तन गर्नमा माओवादी जब उत्पन्न र यो देशमा जति राज्य दमन, शोषण विरुद्ध नेकपा माओवादी जन्मेपछि १० बर्षको जनयुद्धको प्रयास सफलताले यो देश नेपालमा गणतन्त्रको अनुभुती संगै लोकतान्त्रिक स्वतन्त्रता छुवाछूत भेदभाव रहिर समाज देश बनेको उनले बताए । हिजो राज्य व्यवस्था हुँदा सिंह दरबार एक मात्र थियो भने जब नेकपा माओवादी केन्द्र युद्ध सफलता पश्चात् ७५३ वटै स्थानीय तहमा जनताको अधिकारसंगै सिंहदरबार ल्याउने माओवादीले नै गरेको भनाई व्यक्त गरे ।

सम्मेलनमा नेकपा माओवादी केन्द्र बागमती प्रदेश सचीव तथा खानीखोला गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङ(छिन्ताङ) ले सातै वडाका वाइसीएललाई सुझाव साथ यो देशमा आमूल परिवर्तन गर्ने पार्टी नै माओवादी भएको बताउदै फेरि देशमा भ्रष्टाचार व्यतिथी बिचौली लुट्को सिकार बन्न लागेको बन्दै अब वाइसीएल नेपाल देश व्यपी रुपमा सक्रियता साथ देश गणतन्त्र तथा लोकतन्त्रमय मै कायम राख्नु पर्ने बताए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला सचिव दैबलाल घिसिङ( अनुशिल), खानीखोला पार्टी इन्चार्ज मिना पाख्रीन, वाइसीएल नेपालका केन्द्रिय सचीव अबिलाल लामा, खानीखोला पार्टी अध्यक्ष खडक बहादुर जिम्बा( अविरल) प्रदेश कमिटी पार्टी सदस्य, जिल्ला कमिटी विभिन्न पदाधिकारी पालिका कमिटी पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय