काठमाडौँ । काठमाडौँको शंखरापुरमा पत्नीको हत्या गरेर भागेका आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको खाँडादेवी गाउँपालिका–७ घर भएका ५८ वर्षीय पदमबहादुर तामाङ छन् ।
उनलाई नुवाकोटबाट पक्राउ गरिएको प्रहरीले बताए । वैशाख ७ मा शंखरापुर–९ स्थित सानागाउँमा उनले पुतली तामाङको हत्या गरेका हुन् । सिन्धुली माइती भएर आफ्ना दुई बच्चासँगै शंखरापुरमा बस्दै आएकी पुतलीसँग पदम पछिल्लो ३ महिनायता सँगै बस्दै आएका थिए ।
आरोपीले खुकुरीले घाँटी काटेर पुतलीको हत्या गरेका हुन् । उनको आक्रमणबाट मृतककी छोरी १० वर्षीय संजिता तामाङ र ११ वर्षको छारा रिदम तामाङको हात र खुट्टामा गहिरो चोट लागेको छ ।



















