क्लिनिकको शुभारम्भ गर्दै प्रा.डा. माकजुले धुलिखेल अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने क्रममा सबैका लागि स्वास्थ्य र स्वास्थ्यका लागि धुलिखेल अस्पताल भन्ने अभियानलाई केन्द्रित गरी सबै प्रकारका सेवा शुरु गरेको बताए ।
सिर्जना गर्ने र त्यसको ब्यवस्थापन तथा उपलब्धतालाई गुणस्तरीय र फराकिलो बनाउने अभियान अनुरुप विभिन्न सेवाहरु शुरु भईरहेको उनले बताए । सबै नागरिकहरुले सहज सेवा लिन पाउने गरी अस्पतालले सबै प्रकारका सेवाको उपलब्धता गराएको उनले बताए । अस्पतालले उक्त क्लिनिकलाई किशोर मित्रता क्लिनिक पनि भनेको छ ।
समग्र किशोर हेरचाह कल्याण, दीर्घकालीन रोग ब्यवस्थापन, प्रजनन स्वास्थ्य सेवाहरुका साथै मानसिक स्वास्थ्य सेवा किशोर स्वास्थ्य क्लिनिकमा उपलब्ध गराईने बाल रोग विभागमा कार्यरत बालरोग विशेषज्ञ डा.पृथुजा पौडेलले बताईन् ।
उक्त कार्यक्रमका लागि एम्प्याथ नेपाल, काठमाडौ युनिभर्सिटी स्कुल अफ मेडिकल साईन्स, माउन्ट आईकन स्कुल अफ मेडिसिन, अर्नहोल्ड इन्ष्टिच्युट फर ग्लोवल हेल्थ लगायतका संस्थाले साझेदार गरेका छन् । हरेक विहिबार संचालन हुने उक्त क्लिनिक दिउसो १ देखि ४ बजेसम्म संचालन हुनेछ ।
कार्यक्रममा डा. मेरी तथा बाल रोग विभागमा कार्यरत विभिन्न जिम्मेवारीमा रहेका चिकित्सक तथा अन्य ब्यक्तिहरुको सहभागिता रहेको थियो ।