काभ्रे । जिल्ला प्रहरी कार्यालय काभ्रे प्रमुखको कमाण्ड प्रहरी उपरीक्षक (एसपी) कोमल शाहले सम्हालेका छन् ।
सोमबार (आज) कार्यालयमा पुगेर एसपी शाहले जिल्ला प्रहरी कार्यालयको कमाण्ड सम्हालेका हुन् । प्रहरी प्रधान कार्यालयले सरुवा गरेको केहि दिन पछाडि एसपी शाहले प्रहरी कार्यालयमा हाजिर भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेमा हाजिर भएका एसपी शाहलाई प्रहरी नायब उपरीक्षक मिन बहादुर घले, प्रहरी निरीक्षक दिनेश कुवर सहितका प्रहरी अधिकारीहरुले स्वागत गरेका थिए ।



















