मंगलबार, बैशाख ०८, २०८३
डीआईजी कालिदास धौवजीलाई सशस्त्र प्रहरी बलको प्रवक्ताको जिम्मेवारी

काठमाडौँ । सशस्त्र प्रहरी बलको प्रवक्ताको जिम्मेवारी डीआईजी कालिदास धौवजीले पाएका छन् ।

महानिरीक्षक राजु अर्यालले उनलाई संगठनको प्रवक्ता तोकेका हुन् । यसअघि धौवजी नम्बर–२ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीमा कार्यरत थिए ।

सशस्त्र प्रहरी बलको यसअघिका प्रवक्ता कुमार न्यौपाने कोशी प्रदेशस्थित नम्बर–१ बराह बाहिनी मुख्यालय सुनसरीमा सरुवा भएका छन् ।

सिफारिस

ताजा समाचार

लोकप्रिय