काभ्रे । जिल्लाको पनौती नगरपालिकाको रोशी–कोलाँती क्षेत्रमा बर्खा नलाग्दै सोमबार बाढी आएको छ। सोमबार दिउँसो परेको अविरल वर्षापछि बाढी आउँदा एक जना महिला बेपत्ता भएकी छन्। उनको अवस्था हालसम्म पनि अज्ञात छ।
पनौती नगरपालिका–५ स्थित सुब्बा गाउँमा कुलोले बगाउँदा सोही ठाउँ बस्ने अन्दाजी २८ वर्षीया रेनुका गिरी बेपत्ता भएकी काभ्रे प्रहरीले जनाएको छ ।
गत असोज १० देखि १३ गते तीन दिनसम्म परेको वर्षाले काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाको रोशी–कोलाँती क्षेत्रमा ठुलो क्षति भएको थियो । बाढीले बगाएका संरचनाहरु अझै पुनः निर्माण हुन सकेका छैनन् ।



















