
काभ्रे । वर्षाका कारण बिपी राजमार्गको माम्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाउँदा अवरुद्ध भएको राजमार्ग सञ्चालनमा आएको छ ।
सोमबार रातिदेखि नै अवरुद्ध राजमार्ग सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मंगलटारले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार रोशी गाउँपालिकाको माम्तीमा डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध भएको थियो । प्रहरीले राजमार्गमा अलपत्र १७ यात्रुको उद्धार गरेको जनाएको छ ।