मंगलबार, बैशाख ०८, २०८३
नियन्त्रणमा आयो मखन टोलको आगलागी, एक जनाकाे मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका– २४ स्थित मखन टोलमा आज बिहान भएको आगलागी नियन्त्रणमा आएको छ । बिहान ६ः५० मा सुरु भएको आगलागी बिहान ९ः१५ मा मात्र नियन्त्रणमा आएको हो ।

काठमाडौँ उपत्यकाका ६ वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो । आगलागीमा परी एक जना महिलाको मृत्यु भएको छ । उनको सनाखत हुन बाँकी रहेको काठमाडौँ प्रहरी प्रवक्ता अपिल राज बोहराले जानकारी दिए ।

दयाराम श्रेष्ठको ४ तले माटो र काठले बनेको कच्ची घरको तेस्रो तल्लामा ग्याँस लिक भई आगलागी भएको थियो । आगो आडैमा रहेको रुकेश श्रेष्ठको ५ तले पक्की घरमा सल्किएको थियो । आगोबाट यी दुई घरमा क्षति भएको छ ।

जुद्ध बारुद २, नेपाल आर्मी, ललितपुर महानगरपालिका, रामहिटी र बालाजु औद्योगिक क्षेत्रको गरी  ६ वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको  हो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय