सोमबार, बैशाख ०७, २०८३
बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

काठमाण्डौ । सुनको भाउ आज पाँच सय रुपैयाँले बढेको छ । सुनको भाउ पाँच सय रुपैयाँले बढेर ताेलाकाे एक लाख ८५ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ८४ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो केही दिनयता लगातार घटिरहेको सुनको भाउ आज भने सामान्य बढेको हो ।

त्यस्तै आज चाँदीको भाउ भने घटेको छ । चाँदीको भाउ १० रुपैयाँले घटेर ताेलाकाे एक हजार नौ सय ६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार नौ सय ७० रुपैयाँ रहेको थियो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय