
काभ्रे । गत सोमबारबाट बाढिले बगाएर बेपत्ता महिला अहिलेसम्म फेला परेको छैन । बिहिबार तालिम प्राप्त कुकुरको सहयोगमा खोजीकार्य भएपनि पत्त लगाउन नसकेको हो ।
सोमबारको बर्षापछि आएको ढलमले खोल्साको बाढीले बगाएर जिल्लाको पनौती नगरपालिका-५ सुब्बागाउँकी ३३ वर्षीया रेणुका गिरी बेपत्ता भएकी थिइन् । बाढीमा बगेर बेपत्ता भएको आज चार दिन भएको छ । वैशाख २९ गते खेतमा काम गरेर घर फर्किंदै गर्दा उनलाई घर नजिकैको खोल्सा जस्तो खहरे खोलाले बगाएको थियो ।
घटनापछि स्थानीय प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयले खोजी जारी राखेका छन् । बुधबार लड्केश्वर, पिपलटारसम्म खोजी गर्दा पनि गिरीको अवस्था पत्ता लाग्न नसकेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिए । आज बिहीबार चौथो दिन केनाइन महाशाखाका तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन भै खोजीकार्य भएपनि फेला पर्न सकेको छैन ।
काभ्रेमा वैशाख २९ गते मध्यम खालको वर्षापछि आएको बाढीले पनौती र रोशीमा सडक, खानेपानी तथा कृषि क्षेत्र प्रभावित भएको छ