
काभ्रे । जिल्लाको धुलिखेल नगरपालिका-४ भकुण्डे जाने रोडको टावर भएको भवनमा सुबिधा सम्पन्न लम्बुज शैलुन तथा पार्लर खुलेको छ ।आजबाट (शुक्रबार) धुलिखेल नगरपालिकाको उपप्रमुख निराजन जङ्गमले उक्त पार्लरको उद्घाटन गरेका हुन् ।
पूर्ण रुपमा सञ्चालनमा आएको पार्लरका सञ्चालक रवी कुमार ठाकुरले जानकारी दिए । एकै स्थानमा कपाल, दारी काट्ने, कपाल कलर गर्ने, ब्युटी पार्लल लगायतका सबै सेवा दिन लागिएको हो ।
शैलुन तथा पार्ललबाट पैसा कमाउने भन्दा पनि आफ्नै ठाउँमा सेवा पनि दिने तरिकाले काम गर्न लागिएको उनले बताए । उनले आम सेवाग्राहीहरुलाई अन्यत्र भन्दा फरक र गुणस्तरिय सेवा दिनेगरी आजबाट सेवा सुरु गरिने जानकारी दिए ।