घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आइतबार (आज) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको हो ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख ८४ हजार २ सय रुपैयाँ कायम भएको छ । शुक्रबार सुन तोलामा १ लाख ८४ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने आज स्थिर रहेको छ । शुक्रबार तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको चाँदी आइतार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय