मेयर बालेन शाह भन्छन् : सरी केपी ओली, तपाईंको भ्रष्ट प्रणालीलाई समर्थन गर्दिनँ

काठमाडौँ । सामाजिक सञ्जालमा तिखा पोस्ट गर्ने काठमाडौंका मेयर बालेन्द्र शाहले सोमबार साँझ फेरि प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कटाक्ष गरेका छन् । गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा मेयर शाह नआएपछि प्रधानमन्त्री ओलीले अबदेखि नबोलाउन निर्देशन दिएका थिए ।

सरकारले आयोजना गरेका कुनै पनि कार्यक्रमहरूमा सधैँ नाम राखेर बोलाइरहने तर नआउने गरिएको उल्लेख गर्दै उनले यस्ता व्यक्तिहरूको रेकर्ड हेरेर आगामी कार्यक्रमहरूमा नाम नराख्न निर्देशन दिएका थिए ।

त्यसकै जवाफमा मेयर शाहले फेसबुकमा लेखेका छन्, ‘जुन देशमा राजधानीको मेयरले भ्रष्टाचार रोक्छु भन्दा , देशको सबै पार्टी लागेर भ्रष्टाचारी जोगाउँछु भन्छ ? त्यसको नाइकेको कार्यक्रममा म गैदिनुपर्ने ? सरी केपी ओली, आई डोन्ट सपोर्ट योर करप्ट सिस्टम ।’

सिफारिस

ताजा समाचार

लोकप्रिय