काभ्रे ट्राफिकद्धारा सवारी चालकहरुको सडकमै स्वास्थ्य परीक्षण

काभ्रे । बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले सडक मै चालक र सह-चालकहरुकोको स्वास्थ्य परिक्षण गरेको छ । बिहिबार जिल्लाको पाँचखाल नगरपालिका वडा नम्बर-४ स्थित अरनिको राजमार्ग सडक खण्डमा निशुल्क स्वास्थ्य परिक्षण गरिएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले दुर्घटना न्यूनीकरणको लागि अरनिको राजमार्गमा गुड्ने विभिन्न सवारीचालकको सडकमै निःशुल्क रुपमा स्वास्थ्य परिक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख सुनिल धांजुले जानकारी दिए ।

जिल्लामा हुने सवारी दुर्घटनालाई मध्य नगर गर्दै शारिरीक रुपमा योग्य चालकहरुले सवारी चलाएमा सडक दुर्घटना न्यूनीकरणमा टेवा पुर्योने लक्षको साथ स्वास्थ्य परीक्षण गरेको धांजुले बताए ।

पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्र दुलालथोकको प्राविधिक सहयोगमा जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको आयोजनामा स्वास्थ्य परिक्षण सम्पन्न भएको हो । परिक्षणमा ६५ जनाले निशुल्क स्वास्थ्य परिक्षण सेवा लिएका थिए ।

 

सिफारिस

ताजा समाचार

लोकप्रिय