बिहिबार, आषाढ ०४, २०८३
दुर्गा प्रसाईंलाई थप २ दिन हिरासतमा राख्न अनुमति

काठमाडौ । काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहितलाई थप दुई दिन हिरासतमा राख्न आदेश दिएको छ।

चैत १५ गते तीनकुनेमा भएको घटनामा पक्राउ परेका प्रसाईं र अन्यलाई अनुसन्धानका लागि हिरासत अवधि थप गर्न बिहीबार अदालतले अनुमति दिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उक्त घटनासम्बन्धी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने अन्तिम चरणमा पुगेको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय