मंगलबार, बैशाख ०८, २०८३
सशस्त्र प्रहरीका डीआईजी गणेश ठाडा मगर एआईजीमा बढुवा सिफारिस

काठमाडौँ । सशस्त्र प्रहरी बलका डीआईजी गणेश बहादुर ठाडा मगरलाई एआईजीमा बढुवा गर्न सिफारिस गरिएको छ । बिहीबार गृह मन्त्रालयका सचिव गोकर्णमणी दुवाडीको नेतृत्वमा बसेको बढुवा समितिले उनलाई एआईजीमा बढुवा सिफारिस गरेको हो ।

सशस्त्र प्रहरीमा वैशाख २ मा एआईजी चन्द्रप्रकाश (सीपी) गौतम अवकाशमा गएसँगै उनको ठाउँ रिक्त थियो । वैशाख १४ मा बढुवा समितिले ७ दिनको सूचना प्रकाशन गरेको थियो । सूचना अनुसार ८ जना डिआइजीहरूले आवेदन फारम भरेका थिए ।

दरखास्त फारम बुझाएका डिआइजीहरू कमल गिरी, शम्भु सुवेदी, कुलबहादुर नेम्वाङ, लक्ष्मण सिंह र प्रदीप कुमार पाललाई पछि पार्दै ठाडा एआईजीमा सिफारिस भएका हुन् ।

494686990_2397502430778743_2328059109834030910_n

सिफारिस

ताजा समाचार

लोकप्रिय