मंगलबार, बैशाख ०८, २०८३
गणतन्त्र दिवसमा गणतान्त्रिक योद्धाहरुलाई सम्मान

काभ्रे । १८औं गणतन्त्र दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बनेपा नगरपालिका – २ न. वडा समितिद्वारा गणतन्त्र प्राप्तिको निम्ति महान् जनयुद्ध र ऐतिहासिक जन आन्दोलनको क्रममा सैनिक हिरासत र जेल हिरासतमा परेका ४९ जना गणतान्त्रिक योद्धाहरुलाई सम्मान गरेका छन् ।

सम्मानित हुनेमा छविलाल दाहाल, रेवती दाहाल, कुमल प्रसाद दाहाल, केदार प्रसाद गौतम, राम प्रसाद घिमिरे, गणेश प्रसाद घिमिरे, बद्रि प्रसाद घिमिरे, इश्वर गिरी, भरत प्रसाद घिमिरे, नारायण प्रसाद घिमिरे, रामगोपाल घिमिरे, सुरज घिमिरे, उमापती घिमिरे, पुस्कर घिमिरे, सिता दाहाल, बलराम दाहाल, रामकृष्ण दाहाल, नवराज दाहाल, सन्तोष गौतम, नमराज घिमिरे र शिवराम घिमिरे रहेका छन् ।

त्यस्तै झलक प्रसद घिमिरे, विष्णु प्रसाद घिमिरे, केशव प्रसाद घिमिरे, गोपाल घिमिरे, विष्णु घिमिरे, बद्रि घिमिरे, गोपी घिमिरे, राम्री घिमिरे, सन्तऋषी घिमिरे, राम चन्द्र घिमिरे, कमल घिमिरे, तिलक प्रसाद घिमिरे, पुरुषोतम घिमिरे, लक्ष्मण दाहाल, राजन घिमिरे, प्रल्हाद घिमिरे, नानीराम दाहाल, मसिनी दाहाल, झलक लामिछाने, राम प्रसाद दहाल, रामकृष्ण गिरी, हरीमणी घिमिरे, गोकर्ण प्रसाद घिमिरे, मिठाराम घिमिरे, उद्धव घिमिरे, राम प्रसाद घिमिरे र इन्द्र प्रसाद घिमिरे सम्मानित भएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य माननीय मीना तामाङ र बागमती प्रदेश सदस्य सचिवालय सदस्य एवं काभ्रे जिल्लाको सचिव दैवलाल घिसिङ (अनुशील) ले खादा र सम्मान-पत्र प्रदान  गरेर गणतान्त्रिका योद्धाहरुलाई सम्मान गरेका हुन् ।

कार्यक्रमको प्रमुख अतिथि माननीय मीना तामाङले आजको संघीय लोकतान्त्रिक गणतन्त्र महान् सहिदहरु, गणतान्त्रिक योद्धाहरु र आम जनताको त्याग, तपश्या, बलिदान र समर्पणबाट प्राप्त भएको बताईन । उनले गणतन्त्रको रक्षा सुदृढ गर्न र समृद्धिको गणतन्त्रवादीहरु एकताबद्ध भएर अघि बढ्न जोड दिईन ।

कार्यक्रमको विशेष अतिथि जिल्ला सचिवले दैवलाल घिसिङले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न राजनीतिक स्थायित्व कामय गरि समृद्धि हासिल वर्तमान निर्वाचन प्रणाली फेरेर पूर्ण समानुपातिक प्रणाली लागू गर्नु पर्ने र वर्तमान शासकीय स्वरुपलाई परिवर्तन गरेर प्रत्येक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली जानुपर्ने बताए ।

उक्त कार्यक्रम नेकपा समाजवादी र रास्वपाको प्रतिनिधिले पनि शुभकामना मन्तव्य दिएका थिए । वडा समितिको अध्यक्ष छविलाल दाहालको सभापतित्वमा भएको कार्यक्रममा कमल घिमिरेले संचालन गरेका थिए ।

सिफारिस

ताजा समाचार

लोकप्रिय