काभ्रे । अन्तर्राष्ट्रिय संग्रहालय दिवसको अवसरमा पनौतीमा रहेको पनौती संग्रहालयको आयोजनामा शनिबार एक कार्यक्रम बिच संग्रहालयको स्थापन देखि अहिले सम्म योगदान दिने अग्रजहरुलाई सम्मान गरिएको छ ।
पनौती संग्रहालयको संयोजक एव पनौती ७ को वडाअध्यक्ष सबिन ताम्राकारको अध्य्क्षतामा भएको कार्यक्रममा प्रमुख अथिती नगर प्रमुख रामशरण भण्डारी रहेको थियो । प्रमुख अथिती बाट संग्रहालयको संस्थापक संचालकहरु महेश कुमार कर्माचार्य, तुयुकाजी कर्माचार्य, विश्व नाथ ताम्राकार, सुर्य प्रसाद लकोजु, जयराम मानन्धर, लते पुष्पराजन नेव लाई सम्मान गरिएको थियो ।
पनौती संग्रहालयको सल्लाहकारहरु गोबर्धन कर्माचार्य, राजराम सैजु, रमेश जङम, श्याम कृष्ण मानन्धर लगायतलाई सम्मान गरिएको राजेन्द्र महाजुले बताए । संग्रहालयको स्थापन देखि संग्रहालयलाई विभिन्न कोणबाट सहयोग गरिने ब्याक्तित्वहरुलाइ सम्मान गरिएको महाजुले बताए ।
कार्यक्रममा बोल्दै नगर प्रमुख मेयर भण्डारीले हाम्रो सस्कृती सम्पदालाई संरक्षक गर्ने स्थानीय सरकारको दायित्व रहेको बताए । हाम्रो पहिचान यो संग्रहालयको जिवन्त दिन नगरले सधैव सहयोग गर्दै जाने मेयर भण्डारीले बताए । यो संग्रहालयको संरक्षक गरेर आउने पुस्ताको लागि एक पहिचान बन्न सक्ने मेयर भण्डारीले भने ।
वडा अध्यक्ष एव संग्रहालयको सम्योजक सबिन ताम्राकारले संग्रहालय लाई विभिन्न कोण बाट निरन्तर सहयोग गर्नुहुने सबैमा स धन्यवाद व्यक्त गरे । यो संग्रहालय पनौती नगरको एक पहिचान भएको यहाँ धेरै बिषय अवलोकन गर्न बिदेशी देखि अन्तरिक पर्यटन क्षेत्रमा योगदान पुग्ने ताम्राकारले बताए ।
उक्त कार्यक्रममा संविधान सभा सदस्य रामहरि सुवेदी, पनौती नगरपालिका सस्थपक मेयर सप्त काजी बुद्धचार्य, पनौती वडा न ५ को वडा अध्यक्ष बिनोद खत्री, वडा न ९ को वडा अध्यक्ष सकुल प्रसाद हुमगाई, वडा न ४ को वडा अध्यक्ष दिपक प्रसाद दाहाल, पनौती पर्यटन केन्द्र अध्यक्ष पुरोषोत्तम कर्माचार्य, पनौती जात्रा ब्यवस्थापन समिति अध्यक्ष कृष्ण धन कर्माचार्य लगायत विभिन्न संघ सस्थहरुको प्रतिनिधिको उपस्थिति रहेको थियो ।



















