काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य फेरि उकालो लाग्न थालेको छ । पछिल्लो २ कारोबार दिनदेखि बढेको सुनको मूल्य साताको दोस्रो कारोबार दिन (सोमबार) पनि बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आइतबारको तुलनामा सोमबार प्रतितोला १ हजार रुपैयाँले मूल्य बढेको छ । मूल्य बढेसँगै सोमबार सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
यसअघि आइतबार सुनको मूल्य प्रतितोला १ लाख ८८ हजार ८ सय रुपैयाँ थियो ।
सुनको मूल्य बढिरहँदा आज चाँदीको मूल्य पनि बढेको छ । महासंघले जनाएअनुसार आइतबारको तुलनामा आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेको हो । मूल्य बढेसँगै आज चाँदीको मूल्य प्रतितोला १ हजार ९९० रुपैयाँ कायम भएको छ ।
आज अन्तराष्ट्रिय बजारमा भने सुनको मूल्य ३ हजार ३१५ डलरमा किनबेच भइरहेको छ । जुन अघिल्लो कारोबार दिनको तुलनामा २७ डलरले बढी हो ।



















