मंगलबार, बैशाख ०८, २०८३
कविता: हिसाब किताब

– सरोज उपाध्याय
मेरा कुरा कति काट्यौ भन्ने थाहा छ मलाई
कति गफ छांट्यौ भन्ने जानकारी छ मलाई
दुनियांलाई कति डांट्यौ भन्ने ज्ञान छ मलाई
के के गर्न आंट्यौ भन्ने पनि संकेत छ मलाई ।

होच्याएर खसालेको सूचना निछ है मलाई
लाटो बहिरो अन्धो मन्ने नठानेकै बेस मलाई
काल बेला ठिक छैन भन्ने हेक्का छ मलाई
आज निर्दो भएं हुंला बरु छेउ नलाउ मलाई ।।

बहि खाता पल्टाउन नलगाउ है मलाई
हिसाब किताब राम्रै संग गर्न आउंछ मलाई
धेरै माथि चढे तिमि उचाई नाप्न आउंछ मलाई
आज भुत्ते देखिएं हुंला बरु धार नलाउ मलाई ।।।

सिफारिस

ताजा समाचार

लोकप्रिय