मंगलबार, बैशाख ०८, २०८३
बेथानचोकमा एक घरमा आगलागी हुँदा २५ लाख क्षति

काभ्रे । जिल्लाको बेथानचोकमा एक घर आगलागीबाट पूर्णरूपमा क्षतिग्रस्त भएको छ ।

शनिबार बिहान करिब २:३० बजे काभ्रेको बेथानचोक गाउँपालिका वडा नं. २ चनौटे लडकुस्थित राजेशकुमार श्रेष्ठको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार, श्रेष्ठको ढुङ्गा माटोले बनेको र जस्ताको छानो भएको दुईतले कच्ची घरमा विद्युत् सट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ ।

स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आगो करिब बिहान ४:३० बजे पूर्णरूपमा नियन्त्रणमा ल्याइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, उक्त आगलागीबाट घरसहित भित्र रहेका अन्नपात, लत्ता कपडा, भाँडाकुँडा, सिरक–डसना, फर्निचरलगायत सम्पूर्ण सामग्री जली नष्ट भएका छन् ।

आगलागीबाट अनुमानित रूपमा करिब २५ लाख रुपैयाँ बराबरको क्षति पुगेको जनाइएको छ । तर, मानवीय तथा चौपाया क्षति भने नभएको प्रहरीले पुष्टि गरेको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय