
विद्यार्थीको श्रम र सिपलाई नेपालमै प्रयोगमा ल्याउने एजेन्डा बोकेकी सुनिता थापाले आसन्न अनेरास्ववियुको महाधिवेशनमा सचिवको उम्मेदवारी दिने घोषणा गरेकी छिन् । अनेरास्ववियुको स्थायी कमिटी सदस्य थापा अखिल भित्रको जुझारु नेतृ हुन् ।
आसन्न महाधिवेशनमा तपाईंको उम्मेद्वारी किन ?
अनेरास्ववियुको २४ औ महाधिवेशन किर्तिपुरमा उद्घाटन भएको छ । यो पटकको महाधिवेशनमा केही फरक पनि हुँदैछ । बिशेषतः संगठनको आजको आवश्यकता र नेपाली विद्यार्थी आन्दोलनको एक मात्र विद्यार्थीको साझा मुद्धा बोक्ने अनेरास्ववियुको महाधिवेशनले नियमित विद्यार्थीको उमेर समुहले विद्यार्थीको ेतृत्व गर्ने निर्णय बमोजिम नेतृत्व चयन हुनेछ ।
हामी महाधिवेश केवल नेता र नेतृत्वको लागि मात्रै गर्दै छैनौ । हाम्रो अबको कार्यभार नेतृत्वमा पुस्तान्तरण र भावी कार्ययोजनासँगै नेपाली विद्यार्थीको श्रम र सीपलाइ यहि देशमा परिचालन गरेर मात्र समृद्द नेपाल सुखी नेपाली परिकल्पना लाई साकार गर्न सकिन्छ भन्ने मेरो दृढ मान्यता हो । लगभग मेरो डेढ दशकको यो संग्ठनमा निरन्तरता प्राप्त जिम्मेवारी कुशलतापूर्वक निभाएको र नेपालको शैक्षिक क्षेत्रमा देखा परेको समस्याको समाधान र नेपालमै पढेर नेपालमै बसेर केही गर्न सकिन्छ र गर्नु पर्छ त्यस्को निम्ति माटो भुगोल र आवश्यकताको आधारमा प्राविधिक शिक्षामा राज्यको ध्यान केन्द्रित गाराउने मेरो अनवरत यात्रामा राज्यको निकायमा आवाज बुलन्द गर्नको लागि मेरो उम्मेदवारी हो ।
आजको हाम्रो शिक्षा प्रणाली क्रमागत रूपमा विकसित भैरहेको छ तर हामी शिक्षालाई श्रम र उत्पादन सँग जोड्न सकिरहेका छैनौ । जसकारण प्राविधिक र व्यवाहरिक शिक्षा आजको आवश्यकता बनेको छ । आजको वर्तमान परिस्थितिमा नेपालको शिक्षा क्षेत्र व्यवसायीकरण बढ्दो रूपमा छ । शिक्षामा राज्यको सबैभन्दा धेरै लगानी रहेको छ तर पनि आम सर्वसाधारणका छोराछोरी निजी विद्यालयमै बढी देखिन्छन् ।
सामुुदायिक शिक्षालाई सुधार गर्ने बाटो तर्फ अब अनेरास्ववियु अगाडि बढ्नुपर्छ । जसका निम्ति सचेत अभिभावका छोराछोरी सामुदायिक विद्यालयमन पढ्नु जरुरी छ । यसको सुरूवात अब अनेरास्ववियुका नेता कार्यकर्ताले एक खालको अभियान नै चलाएर आफ्ना भाइ बहिनी देखि सिङ्गो पार्टीका नेता कार्यकर्तालाई नै एक खालको दबाब दिएर एमालेले सामुदायिक शिक्षा सुधार अभियान चलाउनु पर्ने कुरामा मेरो शशक्त पहलकदामी रहनेछ ।
अर्को कुरा आज +२ पछि आम नेपाली विद्यार्थीको रोजाइ यहाँका विश्वविद्यार्थीले बन्न सकेका छैन्न जसका लागि यहाँको शिक्षालाई बढी भन्दा बढी प्रभावकारी बनाउन र विद्यार्थीको रोजाइको थलो बनाउनको लागि हामी सधैं उठाउदै आएको मुद्दा पढिरहेका विद्यार्थीका विभिन्न खाल्का आईडिया हरूलाइ उत्पादन र स्वरोजगारमा जोड्न क्याम्पसका स्ववियु मातहतमा रहने गरि बीउ पुजी कोषको व्यवस्था हरेक विश्वविद्यालयमा हुन जरुरी छ । जसले विद्यार्थीलाई आज भैरहेको पढाइ सके पछि के गर्ने होला भन्ने तनावबाट मुक्त गराउछ । यसो गर्न सक्दा कमसेकम उच्च शिक्षा सकिसक्दा विद्यार्थी केही न केहिमा त जोडी सक्छ ।
शिक्षामा देखिएको समस्या
आजको नेपाली शिक्षा क्षेत्रमा मैले देखेको मुख्य समस्या भनेको हाम्रो राज्यले कुन जनशक्ति कति उत्पादन गर्ने हो भन्ने नितिगत व्यवस्था गरेको छैन् । त्यस्तो नियमनकारी निकाय पनि नहुँदा छ्यास्तछ्यास्ती खुलेका कलेजमा जतिपनि विद्यार्थीले पढ्न पाउने हुदा शैक्षिक बेरोजगारी बढ्दो क्रमा छ । त्यसैले राज्यले देशलाई चाहिने र देशले धान्न सक्ने कोटा तोकेर रहेक क्षेत्रका निश्चित जनशक्ति उत्पादन गर्ने नीति बनाउन विद्यार्थी संगठनले एक खाल्को पहल गरेर लागू गर्ने तर्फ अग्रसर रहनु पर्छ । त्यसो गर्न नसक्दा आज जतिपनि डाक्टर र इन्जिनियर मात्र बनाउने हो भने राज्यले धान्न सक्दैन् ।
मुलुक समृद्ध बन्ने मुल आधार कृषि हो । जुन क्षेत्र आजपनि नेपालमा कमजोर नै देखिन्छ । कृषिमा नयाँ आयाम लेराउन र उत्पादनलाई बढाइ राज्यलाई आत्मानिर्भर बनाउन माध्यामिक तह देखिनै प्रयोगात्मक रूपमा प्रविधिमैत्री कृषि आधुनिकरणका कुरालाई जोड दिनेखालको विषयबस्तुलाइ पाठ्यक्रममा नै समावेश गरेर लैजाने विषय अबको विद्यार्थी आन्दोलनको मुख्य एजेन्डा बनाउनु पर्छ ।
छोराछोरी सहरमा काम खोज्ने र बाआमा गाँउमा कामगर्ने मान्छे खोज्ने जुनखालको अवस्था छ त्यसलाई पनि अन्त्य गर्ने खालको शिक्षा प्रणाली बनाएर अगाडि बढ्नु पर्छ हाम्रो जस्तो कृषि प्रधान मुलुकले राज्य र सम्बन्धित निकायलाइ रचनात्मक आन्दोलनद्वारा उल्लेखित बिषयवस्तु समेटेर नीति नियम र कार्यन्वयन गर्नु आजको विद्यार्थी आन्दोलन्को प्रमुख कार्यभार हो।
महाधिवेशनमा हुने निर्वाचनमा प्रत्यक्ष रुपमा पार्टीको हस्तक्षेप हुँदैछ र गुटगत निर्वाचन हुँदैछ भन्छन् ! तपाईँ यसबारे के भन्नुहुन्छ?
नेकपा एमाले र अनेरास्ववियु हिजो केही समूहहरु थिए तर जतिखेर हाम्रो पार्टी एकता हुँदै फेरि पार्टी एकताले पुर्ण रुप नपाउँदै तत्कालिन माओवादी र हाम्रो पार्टिका केही अवसरवादीहरु बाहिरिए त्यस पछि र अहिले पनि पार्टी र सङ्गठन मा कुनै गुट उपगुट छैन । स्वभाविक रुपमा पार्टी नेताहरुले सर्वसम्मतको प्रयास गर्नु लोकतान्त्रिक पद्धतिको उच्चतम प्रयोग हो ।
सम्माननिय प्रधानमन्त्री एवं पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीको नेतृत्वमा समृद्ध नेपाल सुखी नेपालिको अभियानलाई साकार पार्ने एउटै उदेश्य र एउटै गुट नेकपा एमाले हो । पार्टी नेता बाट सहजीकरण हुनु स्वभाविक हो । हस्तक्षेप भन्ने कुरामा कुनै सत्यता छैन । यो महाधिवेशन कुनै गुट उपगुट र समुहको रुपमा प्रतिस्पर्धा हुदैन । खुल्ला रुपमा उम्मेदवारी दिने प्रतिनिधिले विवेक पुर्याउने स्वस्थ्य सद्भाव र प्रतिस्पर्धी साथीहरुको बिचमा आत्मियता सहितको प्रतिस्पर्धा हुन्छ । हामी त्यसरी नै तयारी गरिरहेका छौ ।