मंगलबार, बैशाख ०८, २०८३
काभ्रे ट्राफिक प्रहरीको सक्रियता, ध्वनि प्रदुषण गराउने सवारी कारवाहीमा

काभ्रे । जिल्लाको विभिन्न स्थानमा अनावश्यक रुपमा राखिएका झल्लरहरु तथा उच्च ध्वनि प्रदुषण गराउने (प्रेशर हर्न) जडान भएका सवारीलाई कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी काभ्रेले जनाएको छ ।

उच्च ध्वनि प्रदुषण गराउने (प्रेशर हर्न) को गुनासो आएपश्चात बिभिन्न स्थानमा सवारी साधनको चेकजाँच गरि प्रेशर हर्न निकालेर नियमानुसार कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेको प्रमुख सुनिल धाँजुले जानकारी दिए ।

काभ्रे जुनसुकै ठाउँमा प्रेशर हर्न बजाएमा ट्राफिक प्रहरीको निःशुल्क नं १०३ मा फोन गरेर सूचना दिन ट्राफिक प्रहरीले आह्वान गरेको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय