
काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको अध्यक्ष पदमा सुजन कडरिया निर्वाचित भएका छन् ।
प्रतिद्वन्द्वी प्रकाश पौडेललाई ७ मतान्तरले पराजित गर्दै कडरिया अध्यक्षमा निर्वाचित भएका हुन् । कडरियाले कुल ७ सय ३२ मत पाएका थिए भने पाैडेलले ७ सय २५ मत प्राप्त गरे ।
१५५१ मतदाता रहेको अखिलमा १४५० मत खसेको थियो ।