
काभ्रे । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सानो राष्ट्र भयता पनि कसैको दयामायामा चलेको राष्ट्र नभएको बताएका छन् । कसैको मातहतमा नरहेको र कहिल्यै नरहने पनि समेत उनले बताए ।
आज काभ्रेको धुलिखेलस्थित काठमाडौ विश्वविद्यालय (केयू)को ३०औँ दीक्षान्त समारोह (दोस्रो चरण)लाई सम्बोधन गर्दै नेपाल सानो राष्ट्र भएपनि कसैको दयामायाले मातहतमा नरहेको दावी गर्दै स्वाधिनताका साथ बसेको उनको भनाई थियो ।
“दुनियामा नेपाल नेभर पोलोनाइज, कसैको मातहतमा रहेन र रहँदैन पनि, सानो नेपाल विदेशी शक्तिलाई ढिम्किनसमेत दिइएन, बरु तोकसँग पूर्खाले चक्कु लिएर तोपलाई हराएर देशको स्वाधिनता बचाएका समेत उनले सम्झाना गराए । उनले ‘नेपाली बहादुर’ मात्रैको परिचयले नपुग्ने भएकाले नेपाली राम्रो जनशक्ति पनि हो भनेर परिचय थप्नुपर्ने बताए ।
प्रधानमन्त्री ओलीले ‘अब नेपालको परिचय इमान्दार, मेहनती, शालिन व्यक्तिको देश’ भनी परिचित गराउनुपर्नेमा जोड दिन आग्रह गरे । उनले नेपाल सभ्य देखिनुपर्छ, दक्ष जनशक्ति भएको नेपाल, अब रोजगार खोज्ने हैन, रोजगारी दिनेगरी सक्षम बन्नुपर्छ । इतिहासका तथ्यहरुले पहिलेदेखिनै नेपालमा ‘रिसर्चर’ भएको देखिएको उल्लेख गर्दै तुलसी, बरपीपिललगायत जस्ता बनस्पतीको महत्व पूर्खाले नै पत्ता लगाएको बताए । अब हाम्रा विद्यार्थी, सीपयुक्त जनशक्तिले रिसर्च र इनोभेशनमा लाग्न समेत सबै विद्यार्थीहरुलाई आग्रह गरे ।
प्रधानमन्त्री ओलीले विश्व–पृथ्वी, जल, नक्षेत्र, ब्रमाण्ड शान्ति भनिरहेको अवस्थामा जल, वायु र आकाशमा अशान्ति नहोस् भनी कामना गरिरहेकाले हामी पनि सोहीअनुसार कर्म गर्नुपर्ने बताए । “पूर्वजदेखिनै पनि सबै क्षेत्रमा शान्ति हुनुपर्छ भन्दै आएका थिए, यसकारण पनि समृद्ध–नेपाल, सुखी–नेपाली भनिएको हो”, उनले भने ।
प्रधानमन्त्री ओलीले अध्ययन कहिल्यै नसकिने भएकाले आफ्ना ज्ञानलाई ब्यहाहारमा उतार्दै आइपरेका नयाँ चुनौतिलाई मौलिक ढङ्गले समाधान गर्दै अगाडी बढन दीक्षित विद्यार्थीलाई शुभकामना दिएका थिए । नेपालको शैक्षिक स्तर खस्केको भनाईलाई चिर्न अझ तपाईंहरुको योगदान उच्च रहनेछ, हाम्रो देशबाट विदेशमा गएर डक्टर र नर्सले उत्कृष्ट भएर काम गरेका छन्, हाम्रो शिक्षा गुणस्तरीय नभएको भए कसरी विकसित देशले हाम्रा डक्टर नर्सलाई काम लगाइराखेका छन् ?
नेपालको शिक्षा उत्कृष्ट भएर नै देश विदेशमा हाम्रो जनशक्तिले उत्कृष्ट सेवा प्रदान गर्न सकेको प्रधानमन्त्री ओलीको भनाई थियो । “विद्याले सबै दिन्छ तर घमण्ड त्याग्नुपर्छ, मित्रता बढाउनुस् सेवाभावले काम गर्नुस् । जीवनशैलीलाई शालिनतामा बदल्नुस्”, उनले दिक्षीत विद्यार्थीहरुलाई भने । सो अवसरमा उहाँले विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।