रास्ट्रिय खुल्ला सोतोकान कराते प्रतियोगिता पाँचखालमा

काभ्रे । काभ्रेको पाँचखालमा “स्वास्थ्यको लागि खेलकुद, रास्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ राष्ट्रियस्तरको खुल्ला सोतोकान कराते प्रतियोगिता सुरु भएको छ ।

कार्यक्रम पाँचखाल नगरपालिकाका मेयर महेश खरेलकाे प्रमुख आतिथ्यतामा र नेपाल साेताेकान कराते डाे एशाेसियसन, काभ्रे (SKDUN) अध्यक्ष विशाल घिमिरेको सभापतित्वमा भएको हो ।

कार्यक्रममा नेपाल साेताेकान कराते डाे एशाेसियसन, काभ्रे (SKDUN) उपाध्यक्ष माेहन गजुरेलले स्वागत मन्तव्य राखेका थिए भने भाेलानाथ सापकाटाले कार्यक्रमको संचालन गरेका थिए ।

सोतोकान प्रतिस्पर्धामा ३० जिल्लाका ३५ वटा टिमको सहभागिता रहेकाे थियाे । विभिन्न उमेर समूह र तौलकाे आधारमा प्रतिस्पर्धा रहेकाे थियाे । ३०० भन्दा वढि रेफ्रि, काेच र खेलाडिहरूकाे सहभागिता रहेकाे थियाे । विजेता खेलाडिहरूलाई नगद, मेडल र ट्रफि सहित पुरस्कृत गर्ने आयाेजक संस्थाका सचिव राममणि काफ्लेले जानकारि दिए ।

कार्यक्रममा पांचखाल-३ र ६ का वडाअध्यक्ष सुन्दर अधिकारी, रामसरण दुलाल, धिर्जेमान तामाङ, गाेविन्द श्रेष्ठ, वरिष्ठ प्रशिक्षक चित्र प्रसाद श्रेष्ट, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेफ्रि, नेपाल साेताेकान निहुन कराते डाे संघ, मुना आलेमगर, निहुन करातेका अध्यक्ष तथा प्रमुख प्रशिक्षक भबानी दंगाल, साेताेकान कराते डाे संघ नेपालका काठमाडौं जिल्ला सदस्य लगायतकाे उपस्थिति रहेकाे थियो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय