
काभ्रे । ग्लेशीयर शैक्षिक प्रतिष्ठानद्वारा संचालित गुरुकुल बेलर क्याम्पस र केयु ग्लेशीयरको संयुक्त आयोजनामा खुल्ला रक्तदान गरिएको छ ।
रक्तदान जीवनदान भन्ने अभियानलाई सार्थक बनाउन विश्व रक्तदाता दिवसको अवसरमा आयोजित कार्यक्रममा २७ जनाले रक्तदान गरेका थिए ।
ग्लेशीयर शैक्षिक प्रतिष्ठानले बेलर इन्टरनेशनल एकेडेमी लगायतका शैक्षिक संस्थाहरु संचालन गरिरहेको छ । विद्यार्थीहरुलाई सामाजिक उत्तरदायित्व तथा सामाजिक भावनाबाट उत्प्रेरित गराउन रक्तदान कार्यक्रम आयोजना गरिएको विद्यालयले बताएको छ । अन्य कार्यमा पनि विद्यार्थीहरु सक्रिय रहेको क्याम्पसले जानकारी दिएको छ ।
यस अघि विद्यालय तथा क्याम्पसका तर्फबाट २०८१ असोज १०–१२ को विपदमा विद्यार्थीहरु निरन्तर उद्धार तथा राहत वितरणमा सक्रिय भएका थिए ।