संगीतकर्मी संघ काभ्रेको अध्यक्षमा पुजन धिताल

काभ्रे । “हाम्रो कला र संस्कृतिको गौरवपूर्ण शान, कलाकारहरूको उत्थानका लागि हाम्रो अभियान” भन्ने मूल नाराका साथ राष्ट्रिय संगीतकर्मी संघ काभ्रे शाखाको छैठौं अधिवेशन तथा वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

काभ्रेको बनेपामा आयोजित भेलाबाट कान्तिपुरकर्मी, नमोबुद्ध मिडिया प्रालिका अध्यक्ष तथा संगीतकर्मी सघका पुर्व सचिब पुजन धिताललाई सर्वसम्मत रूपमा संघको अध्यक्षमा चयन भएका छन् । धिताल काभ्रेको सांगीतिक, साहित्यिक तथा सञ्चार क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका छन् ।

अधिवेशनबाट १४ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएका छन् । जसमा वरिष्ठ उपाध्यक्ष विस्णु गुरुङ, उपाध्यक्षद्रयमा अस्मिता खनाल, चन्द्रकला केसी, महासचिवमा सन्तोष सापकोटा, सचिवमा बिक्रम सुवाल,कोषाध्यक्षमा बेलि थापा, सह–कोषाध्यक्ष सुनिता बखुन्छ, प्रवक्ता सानू श्रेष्ठ, सदस्यहरुमा एलिना अधिकारी,मीना खड्का,चमेलि थापा, भक्त बहादुर दाहाल, सिजन बैद्य रहेका छन् ।

कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न संघका बाग्मती प्रदेश सदस्य सुरेन्द्र खड्काले अधिवेशन संयोजकको भूमिका निर्वाह गरेका थिए भने निर्वाचन प्रक्रिया निर्वाचन संयोजक खमेश श्रेष्ठको नेतृत्वमा सम्पन्न भएको थियो ।कार्यक्रममा जिल्लाभरिका संगीतकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

नवनिर्वाचित अध्यक्ष पुजन धितालले सांस्कृतिक पहिचान संरक्षण, स्थानीय कलाकारको सीप विकास तथा हकहितको प्रवद्र्धनमा संघले सशक्त भूमिका खेल्ने प्रतिबद्धता सङै आगामी दिनमा सस्थाको गरिमा आच नआउने गरि कार्य गर्ने बाचा समेत गरेका छन् । कार्यक्रममा सस्थाका पुर्व अध्यक्ष दोय कमल दाहाल तथा अमरकृष्ण चन्द लगाएकोको उपस्थिती सङै सस्थाका पदाधिकारीको बाक्लो उपस्थिती समेत रहेको थियो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय