बीपी राजमार्गमा राति गाडी चलाउन रोक

काभ्रे । गत असोज १०, ११ र १२ गतेको भिषण वर्षसँगै आएको बाढी र पहिरोले अत्याधिक क्षेती पुर्याएको बीपी राजमार्गमा रातको समयमा सवारी चलाउन रोक लगाइएको छ ।

काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुली जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले बीपी राजमार्गमा राती सवारी आवागमनमा रोक लगाउने निर्णय गरेको हो ।

शुक्रबार सम्पन्न अन्तर जिल्ला सुरक्षा समन्वय समितिको बैठकले बाढी पहिरोले बाटो बगाएपछि रोशी र सुनकोशी नदीमा भिभिन्न ठाउँमा ड्राइभर्सन गरेर अस्थायीरुपमा बनाइएका सडकहरु बगाउने र पहिरो तथा भेल बाढीको समेत जोखिम रहेकाले शुक्रबार बाटै बीपी राजमार्ग १५ दिनका लागि साँझ साढे ६ बजेदेखि बिहान ५ बजेसम्म बन्द गरिने भएको छ ।

यो अवधिमा काठमाडौंबाट जाने सवारी काभ्रेभञ्ज्याङ र काठमाडौंतर्फ जानेलाई सिन्धुली खुर्कोटमा रोकिने छ । सामान्य वर्षासँगै आउने बाढीलेनै बाटो अबरोध हुने गरेकाले रातको समयमा यात्रा गर्दा जोखिम र उद्धारमा पनि समस्या हुने गरेको छ ।

गत असोजबा बाढीले सडक बगाएपछि यात्रुको उद्दार गर्न झण्डै एक साता लागेको थियो भने । फसेका हजारौं सवारी साधन अस्थायी ड्राइभर्सन बनाएर उद्धार उरिएको थियो । सोही अस्था ड्राइभर्सनबाट हाल सवारी आवागमन हुँदै आएको छ, भने रोशी खोलाको विभिन्न ठाउँमा ड्राइभर्सन बगाउने जोखिम रहेको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय