आइतबार, बैशाख ०६, २०८३
नमोबुद्ध नगरपालिकाले गर्‍यो ८० करोडको बजेट सार्वजनिक

काभ्रे । जिल्लाको नमोबुद्ध नगरपालिकाले आर्थिक वर्ष २०८२÷२०८३ का लागि कुल ८० करोड ३२ लाख २३ हजार १ सय ५० रुपैयाँ अनुमानित आय प्रक्षेपण गर्दै आगामी वर्षको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको दोस्रो नगर सभाको सातौं अधिवेशनमा नगर प्रमुख कुनसाङ लामाले आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट सहितको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

नगरपालिकाले वित्तीय सन्तुलन कायम गर्दै विभिन्न शीर्षकहरूमा रकम विनियोजन गरेको छ । चालु खर्च शीर्षकमा मित्रको सन्तुलन अनुरूप रु. १८ करोड ३२ लाख २६ हजार ५ सय ३१ छुट्याइएको छ । नगरपालिकाले यसपटक बजेटमा विकासका प्रमुख प्राथमिकताहरू, सामाजिक सेवा सुधार, पूर्वाधार निर्माण, र नगरवासीको आर्थिक स्तर उकास्ने उद्देश्यलाई समावेश गरेको जनाएको छ ।

विपद् पश्चात क्षति भएका खानेपानीका भोतिक पुर्वाधारको पुनर्निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने कार्यक्रममा उल्लेख छ । स्थानीय पाठ्यक्रम निर्माण, शैक्षिक पात्रो प्रकाशन, युवा सशक्तिकरण र उद्यमशिलता प्रवर्धनका कार्यक्रमलाई निरन्तरता दिने नगर प्रमुख लामाले बताए । नमोबुद्ध नगरको गौरवको रुपमा रहेको नमोबुद्ध मन्दिर परिसरलाई विश्व सम्पदा सुचीमा सूचीकृत गर्न आवश्यक पहल गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

महिला स्वयंसेविका निवृत हुँदा नगरपालिकाबाट खाली हात नजानी नीति अनुसार प्रत्येक महिला स्वयंसेविका लागि २० हजार निवृत खर्चको व्यवस्था मिलाइएको नीति तथा कार्यक्रममा उल्लेख छ । मृगौला प्रत्यारोपण गरेका, डायलासिस गराई रहेका, क्यान्सर रोगी, मेरुदण्ड पक्षघातका विरामीहरुका लागि औषधि उपचार खर्च वापत मासिक ५ हजारका दरले ४६ लाख ४० हजार बजेट विनियोजन गरिएको छ ।

नगरपालिकाले विभिन्न शीर्षकका अनुदान र राजस्व संकलनबाट आयको अपेक्षा गरेको छ । यसमा संघीय सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान, प्रदेश सरकारका अनुदान, स्थानीय कर, तथा अन्य विविध आयको स्रोतहरू समावेश छन् । नगरपालिकाले यसपटक बजेटमा आम्दानीको सन्तुलन मात्र कायम गरेको छैन, नगरवासीको प्रत्यक्ष जीवनस्तर सुधारका लागि दीर्घकालीन योजना पनि अघि सारेको छ। प्रमुख योजनाहरूमा सडक निर्माण, खानेपानी आपूर्ति, स्वास्थ्य सेवा विस्तार, तथा शिक्षा सुधार रहेका छन्।

नगर प्रमुखका अनुसार, “यस बजेटले नमोबुद्ध नगरपालिकालाई आर्थिक, सामाजिक र पूर्वाधार विकासमा नयाँ उचाइमा पु¥याउने विश्वास गरिएको छ ।सभामा उप–प्रमुख रत्न बहादुर लामाले आर्थिक वर्ष २०८२÷८३ को बजेट तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

यस्तै नगर विकास योजना प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले प्रस्तुत गरेका छन् भने आर्थिक विधेयक सार्वजनिक लेखा समितिका संयोजक एवं वडा अध्यक्ष कृष्ण बहादुर तामाङ, विनियोजना विधेयक वडा अध्यक्ष विरबहादुर तामाङ, महालेखा परिक्षकको कार्यालयबाट प्राप्त अन्तिम लेखा परिक्षण प्रतिवेदन सार्वजनिक लेखा समितिका संयोजक एवं वडा अध्यक्ष कृष्ण बहादुर तामाङले सभामा प्रस्तुत गरेका थिए ।

सिफारिस

ताजा समाचार

लोकप्रिय