मंगलबार, बैशाख ०८, २०८३
म बाट भ्रष्टाचार हुँदैन : नवनियुक्त मन्त्री न्यौपाने

काभ्रे । नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले नेपाली जनताको कसम खाँदै आफूबाट भ्रष्टाचार नहुने दाबी गरेकी छिन् ।

घुस लेनेदेनको अडियो काण्ड आएपछि राजीनामा दिएका राजकुमार गुप्ताको स्थान मन्त्री बनेर आएकी न्यौपानेले आफ्‌नो ठुलो शक्ति भनेकै नैतिक बल बताएकी हुन् ।

उनले लेखिकी छिन्, ‘मैले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री पदमा संविधान अनुसार सपथ लिएको छु । म समस्त नेपाली जनता समक्ष निष्ठा र इमानबाट कहिले पनि विचलित हुने छैन भनेर फेरि पनि सपथ लिएको घोषणा गर्दछु । यो जिम्मेवारी दिनुभएकोमा सम्माननीय प्रधानमन्त्री श्रद्धेय केपी शर्मा ओलीज्यूप्रति आभारी छु । यो जिम्मेवारी वहन गरिरहँदा मेरो जन्मथलो, कर्मथलो तनहुँका आदरणीय जनताप्रति आभार व्यक्त गर्दछु । यो जिम्मेवारी वहन गरिरहँदा म नेकपा (एमाले)का समस्त कार्यकर्ता तथा नेताहरुप्रति आभार व्यक्त गर्दछु । मैले भन्ने कुरा खासै केही छैन । साँच्चै भन्ने हो भने मेरा भन्ने कुरा अब सकियो, गर्ने काम मात्र बाँकी छ । काम गर्नका लागि म सबैबाट हौसला, सहयोग, सल्लाह तथा सुझावको अपेक्षा गर्दछु । म निष्ठा र इमानपूर्वक काम गर्दछु । म देश र जनताको दीर्घकालीन हित र लाभ हेरेर निर्णय लिन्छु । म क्षणिक लोकप्रियताका लागि काम गर्दिनँ । नेपालमा भाइरल र चर्चित हुने रोग फैलिएको छ । म अव्यवहारिक, सनसनीखेज, उत्तेजनापूर्ण कुरा गर्दिनँ । किनभने म जिम्मेवार पार्टी नेकपा एमालेको सदस्य हो, म अति जिम्मेवार र गम्भीर सरकारको सदस्य हो । प्रधानमन्त्रीज्यूको काम गराईको स्प्रीट र स्पीडको म सधैं प्रशंसक थिएँ, प्रधानमन्त्रीज्यूको विचार, भावना र कार्यक्रमलाई कार्यरुपमा उतार्न मेरो योगदान रहनेछ । यो सरकारको नीति तथा कार्यक्रम, यो सरकारको वार्षिक बजेट, संसद्मा अभिव्यक्त विचार तथा निर्देशन, प्रधानमन्त्रीज्यूबाट हुने घोषणा एवं जनचाहना मेरा मार्गदर्शक सिद्धान्त हुन् । म त्यसै अनुरुप काम गर्दछु । म नेपाली जनताको कस्सम खाएर भन्छु, म बाट भ्रष्टाचारजन्य कुनै पनि काम आजसम्म भएको छैन, अब पनि हुँदैन, म सफा र वेदाग छु, म कहिल्यै लोभ र लाभले विचलित हुने छैन । मेरो सबैभन्दा ठूलो शक्ति भनेकै नैतिक बल हो । म यो शक्ति कहिल्यै गुमाउने छुइन । अन्त्यमा विभिन्न माध्यमबाट शुभकामना व्यक्त गर्नुहुने सम्पूर्ण शुभचिन्तक एवम् आदरणीय महानुभावमा हार्दिक अभार सहित धन्यवाद प्रकट गर्न चाहन्छु !। धन्यवाद ।’

सिफारिस

ताजा समाचार

लोकप्रिय