बुधबार, बैशाख १६, २०८३
रसुवागढीमा दसैँअघि बेलिब्रिज जडान गर्न चीनसँग सहमति

काभ्रे । रसुवागढीमा बेलिवृज राख्नेबारे नेपाल र चीन सरकारबिच सहमति भएको छ ।

आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा चीनका राजदूत चेन सोङसँग दसैँअघि बेलिब्रिज जडान गर्ने सहमति भएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माका अनुसार आज नेपालका लागि चिनियाँ राजदूत चेन सोङसँग छलफल भएको थियो । एकदमै सकारात्मक छलफल भएको र दसैँअघि बेलिब्रिज जडान गर्ने सहमति भएको छ ।

स्याफ्रुबेँसी–रसुवागढी सडक मर्मतको काम अन्तिम चरणमा पुगेको छ । सडक भोलि भित्र खुलाउने गरी काम भइरहेको सडक विभागले जनाएको छ ।

सडक विभागका सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय प्रमुख तथा सुपरिटेन्डेन इन्जिनियर शुभराज न्यौपानेले शुक्रबारदेखि खुल्ने जानकारी दिए ।

सिफारिस

ताजा समाचार

लोकप्रिय