मंगलबार, बैशाख ०८, २०८३
काभ्रे ट्राफिक प्रहरीको सक्रियता बढ्दो: लापसे चेकिङ, ८ जना नियन्त्रणमा

काभ्रे । काभ्रे ट्राफिक प्रहरीले आकस्मिक रुपमा ४० जना चालकको लागू पदार्थ सेवन चेकजाँच गर्दा लागू पदार्थ प्रयोग गरेर सवारी चलाएको ८ जना पाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

चेकजाँचका क्रममा करिब २० प्रतिशत चालकले लागू पदार्थ सेवन (गाँजा) गरेर सार्वजनिक सवारी चलाउने गरेको पाइएको हो । प्रहरीले सडक सुशासन तथा बढ्दो सवारी दुर्घटना न्युनिकरण गर्ने अभियानका साथ जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेको प्राविधिक सहकार्यमा लापसेको चेकजाँच गरेको हो ।

इलाका प्रहरी कार्यालय बनेपा र जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाले सयुक्त रूपमा बनेपा–पनौती सडकको धनेश्वर क्षेत्रमा लापसे तथा लाइसेन्सको चेकिङ गरेको थियो ।

सार्वजनिक, मालवाहक तथा निजी सवारी साधनका ४० जना चालकको लागू पदार्थ सेवन चेकजाँच गर्दा आठ जनाले लागू पदार्थ प्रयोग गरेर सवारी चलाएको पाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख सुनिल धाँजुले जानकारी दिए । आठ जनामध्ये छ जना पनौती–काठमाण्डौ चल्ने बसका चालक रहेका छन् भने ट्रिपर चालक र सुमो चालक एक–एक जना रहेको उनले बताए । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागी ईलाका प्रहरी कार्यालय बनेपा पठाइएको छ ।

सवारी साधन चलाउने चालकलेनै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैँमा नियम विपरीत तथा दण्डनीय कार्य भएको प्रमुख धाँजुले बताए ।

सिफारिस

ताजा समाचार

लोकप्रिय