काभ्रे । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता सुरु भएको छ ।
आज एमाले केन्द्रीय कार्यालय च्यासलमा भेटवार्ता भएको हो । पूर्वराष्ट्रपतिको सुविधा त्याग गरेर सक्रिय राजनीतिमा होमिएकी भण्डारीको सदस्यतासम्बन्धी विवाद देखिएको छ ।
एमालेकी पूर्वउपाध्यक्ष समेत रहेकी विद्यादेवी भण्डारी करिब १० वर्षपछि पहिलो पटक एमाले कार्यालय पुगेकी छन् ।
भण्डारी च्यासल पुग्दा उनलाई उपाध्यक्ष सुरेन्द्र पाण्डे र केन्द्रीय कार्यालयमा सचिव डा. भीष्म अधिकारीले स्वागत गरेका थिए ।



















