मंगलबार, बैशाख ०८, २०८३
पूर्वराष्ट्रपति भण्डारीले भोली ३ बजे विशेष पत्रकार सम्मेलन गर्दै

काभ्रे । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्ने भएकी छन् ।

उनले बानेश्वरस्थित कार्की बैंकिटमा भोलि दिउँसो ३ बजे विशेष पत्रकार सम्मेलन आयोजना गर्न लागेकी हुन् ।

सक्रिय राजनीतिमा आएको घोषणा गरेकी भण्डारीलाई उनको माउ पार्टी नेकपा एमालेले सदस्यता नै नवीकरण नगरेर रोकेको छ । त्यसपछि खास टिप्पणी नगरेकी भण्डारीले शुक्रबार गर्ने सम्मेलनलाई अर्थपूर्ण रूपमा लिइएको छ ।

एमालेको केन्द्रीय कमिटी बैठकले ओलीलाई अध्यक्ष बन्न चुनौती हुने ठानेर भण्डारीलाई रोक्ने निर्णय गरेको कतिपयको आरोप छ । यद्यपि संस्थापन पक्षले भने देशको गरिमा र प्रमुख भइसकेको मान्छेले पार्टी पोलिटिक्समा फर्कन नैतिकवान् नहुने बताउँदै भण्डारीको सदस्यता खारेज गर्ने निर्णय गरेको थियो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय