काभ्रे । सप्तरीमा एक शिक्षक मृत अवस्थामा फेला परेका छन् ।
सप्तरी प्रहरीका अनुसार डाक्नेश्वरी नगरपालिका वडा नम्बर ४ कुशहा घर भएका शिक्षक रामकृष्ण राय आज बिहान नहर छेउमा मृत फेला परेका हुन् ।
उनी बिहीबार साँझदेखि अचानक सम्पर्कविहीन भएका थिए । शवको छेउमा आफ्नै साइकल र एउटा किटनासक औषधिको बोतल फेला परेको छ । शरीरमा घाउचोट केही नदेखिएको प्रहरीले जनाएको छ ।
वडा नम्बर ४ का वडाध्यक्ष देबेन्द्र यादवका अनुसार उनी वडा नम्बर ५ को नेशनल पब्लिक स्कुलमा पढाउने गर्दथे ।



















