काभ्रे । सिन्धुपाल्चोकमा अरनिको राजमार्ग अवरुद्ध भएको छ । भोटेकोसी गाउँपालिका–२, दशकिलोमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
शनिबार (साउन १०) दिउँसो करिब १ बजेर ३५ मिनेटमा उक्त स्थानमा लेदोसहितको पहिरो झरेको थियो ।
पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
वर्षासँगै सडकमाथिबाट पहिरो खसेको हो । पहिरो पन्छाएर सडक खुलाउन समन्वय भइरहेको प्रहरीले जनाएको छ ।























