काभ्रे । रुपन्देहीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
प्रहरीका अनुसार बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँस्थित सडकमा लु–६२ प ८७४६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ डेरा गरी बस्ने गुल्मी रेसुङ्गा नगरपालिका–४ इस्मा घर भएका देवकला अधिकारीको छोरा ३ वर्षीय बिष्णु अधिकारीको मृत्यु भएको छ ।
शनिबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका देवकला अधिकारीको सोही अस्पताल र अन्य १ जना पैदल यात्रीको एडमसिटी अस्पताल बुटवलमा उपचार भइरहेको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।



















