सोमबार, बैशाख ०७, २०८३
१८.४४ अंकले घट्यो नेप्से, २६ अर्ब ५७ करोडको कारोबार

काभ्रे|  साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजामा गिरावट आएको छ ।

यस दिन नेप्से १८.४४ अंकले घटेर २९६४.२० को बिन्दुमा बन्द भएको छ ।

आज ३२३ कम्पनीको ५ करोड ८६ लाख ५३ हजार ७६२ कित्ता सेयर किनबेच हुँदा २६ अर्ब ५७ करोड ७४ लाख ३८ हजार रुपैयाँको कारोबार भएको छ ।

यस दिन ६३ कम्पनीको सेयरमूल्य बढेको छ भने १८६ कम्पनीको सेयरमूल्य घटेको छ ।

आइतबार ९ उपसूचक राताम्य भएको छन् भने ४ उपसूचकमा सुधार देखिएको छ। आज वाणिज्य बैंक समूहको ०.९१ प्रतिशत, फाइनान्स समूहको २.२२ प्रतिशत, होटल तथा पर्यटन समूहको १.९१ प्रतिशतले सेयर मूल्य घटेको छ ।

आज तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । यसदिन समता घरेलु लघुवित्त, ट्रेड टावर र सान्भी इनर्जीको सेयरमा सकारात्मक सर्किट लागेको हो । यस दिन शिवम् सिमेन्टको सबैभन्दा बढी रुपैयाँको कारोबार भएको छ । आज कम्पनीको १ अर्ब २ करोड रुपैयाँको सर्वाधिक कारोबार भएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय