सम्माननिय प्रधानमन्त्री ज्यु,
नमस्कार! 🙏
विषय :- स्वास्थ्य विमा प्रथम सेवा बिन्दुको सम्बन्धमा ।
प्रस्तुत विसयका सम्बन्धमा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य बिमा बोर्डले सायद प्रयाप्त अध्ययन गर्यो गरेन त्यो थाहा छैन जनतालाइ घरदैलोमानै सेवा दिलाउनु राज्यको कर्तव्य हो तर, सेवाको नाममा सास्ती दिनु अपराध हो। स्वास्थ्यको अधिकार जनताले पाउनु नेपालको संविधान २०७२ अन्तर्गत मौलिक हकमा उल्लेख भए बमोजिम कुनै पनि नागरिक स्वास्थ्य सेवा बाट बन्चित हुनुहुदैन र उसले सहजनै स्वास्थ्य सेवा पाउनुपर्छ भन्ने स्पष्ट ब्यवस्था भएकोनै छ तर आज यहालाइ पत्र लेख्दै गर्दा मैले केही विसय काभ्रेपलान्चोक जिल्लालाइ आधार मानेर लेख्दैछु। जिल्लामा १३ वटा स्थानिय तह रहेका छन नागरिकहरुले स्वास्थ्य बिमा अन्तर्गत धुलिखेल अस्पतालमा सेवा लिदै आएका थिए सेवा लिन भिडभाड केही समस्या र कठिनाइ भएतापनी धुलिखेल अस्पताल आएका बिरामी सेवा लिएरनै फर्किन्थे र नियमित फलोअपमा पनि आउने गर्थे यो सत्य हो। तर अहिलेको निर्णयले काभ्रे जिल्लाबासी जो स्वास्थ्य बिमामा समाबेश भएका र नियमित सेवा लिदै आएका थिए उनिहरु पिडामा परेको कुरा यहालाइ अवगत गराउन चाहान्छु।
राज्यले तोकेको प्रथम सेवाविन्दु मेथिनकोट अस्पताल,पाँचखाल प्रा.स्वा.के,धुलिखेल प्रा.स्वा.के,सुन्थान प्रा.स्वा.के,खोपासी प्रा.स्वा.के रहेका छन जस मध्य मेथिनकोट अस्पतालमा मात्रै प्रारम्भिक आवश्यक सेवा दिन सक्ने जनशक्ति रहेका छन र २४ घण्टा सेवा लिन सकिन्छ तर अन्य प्रा.स्वा.के मा प्रयाप्त जनशक्ति छैनन तथापी सुनथान र खोपासी प्रा.स्वा.केन्द्रले जिम्मेवारी बोध गरेर जस्तो अवस्था भएपनी जनस्वास्थ्यको ख्याल गर्दै सेवादिदै आएको छ जुन जनताले एउटा रिफरल कार्ड लिन मात्रै पनि सास्ती ब्यहोर्न परिरहेको छ।आज यहालाइ पत्र लेख्दै गर्दा जनचासो गुनासो र समस्याको समाधान गर्न सकिने प्रावधानहरु पनि उल्लेख गरेर लेख्दै छु।
भौगोलिक बिकटता रहेको गाउपालिका महाभारत, खानिखोला, बेथानचोक जहाँ वर्सायाममा नियमित आवतजावत गर्न कठिन छ त्यहाका नागरिक धुलिखेल अस्पताल जानू भन्दा अगाडि कि मेथिनकोट जान पर्यो कि खोपासी वा सुन्थान जान पर्ने बाध्यता जबर्जस्त सिर्जना गरियो यस्को अन्त्य गरियोस। बिरामी झन बिरामी पर्ने सेवा बिन्दु २-३ वटा हैन कि सबै स्वास्थ्यचौकिलाइ तोकिन पर्छ हैनभने जनताले सास्ती पाउनुहुन्न। प्रधानमन्त्री ज्यु बाट मैले गरेको अपेक्षा प्रत्यक नगर र गाउपालिकामा न्युनतम आधारभुत सेवा दिनसक्ने स्वास्थ्य चौकी,अस्पताल छ्न ती सबै स्वास्थ्य संस्थाहरु सेवाको प्रथम बिन्दु तोकियोस जस्तै खानिखोला, महाभारत, चौरिदेउराली, बेथानचोक, भुम्लु, तेमाल, रोशी गाउपालिकाका बिरामी खोपासी, सुन्थान आएर लाइन बस्न नपरोस आफ्नो वडामा रहेको स्वास्थ्य संस्थामा जाच गरेको पुर्जी लिएर आएसी उस्ले धुलिखेल अस्पतालमा सेवा पावोस र पाउनैपर्छ ।
धुलिखेल अस्पताललाई नै प्रथम सेवा विन्दु बनाउने निर्णय आएमा जनताले राहत महसुस गर्ने छन यदि त्यो गर्न नसकेमा प्रत्यक वडामा रहेका संस्था मार्फत सेवा लिने ब्यवस्था गर्ने र नगरपालिकाले आवस्यकता अनुसार कम्तिमा एकजना मेडिकल अफिसरको ब्यवस्थापन गर्ने वा घुम्ती सेवा उपलब्ध गराउने गरि सम्पुर्ण अधिकार स्थानिय तहलाइ जिम्मेवारी दिने नेपाल सरकार मार्फत निर्णय गरियोस भन्ने माग गर्दछु।
तपशिलका निर्णयहरु भए जनताले सहज स्वास्थ्य सेवा पाउथेकी प्रधानमन्त्री ज्यु
१) भौतिक संरचना बनिसकेको हकमा ६ महिनाभित्र सबै प्रक्रिया पूरा गरि काभ्रे जिल्लामा सबै स्थानियतहमा अस्पताल सुचारु गर्ने त्यसको लागि संघीय सरकारले बजेट ब्यवस्थापन गर्ने
२) अस्पतालको संरचना बनिसकेका पालिकाहरुलाइ सात दिन भित्र आवस्यक जनशक्ति माग गर्न परिपत्र पठाउने र एक महिना भित्र सरकारले कर्मचारी पठाउने,
३) अस्पताल संचालनमा रहेका स्थानियतहको हकमा थप औजार,उपकरण के कसो हो भनी माग गरि त्यसको सम्बोधन गर्ने,
४) महिनादिन भित्र अस्पताल संचालन गर्न सामर्थ्य भएका स्थानियतहलाइ फास्ट ट्रयाक मार्फत संचालन गर्ने गरि संघिय र प्रदेश सरकारले सहयोग गर्ने,
५) वडा वडामा सहज डाक्टरको पहुच पुराउन नियमित भत्ता वा पारिश्रमिकको ब्यवस्थापन गरि स्वयंसेवक डाक्टरको परिचालन गर्ने,
६) स्वास्थ्य बिमा सबैको सहज सुविधाको लागि सबै स्थानिय तहलाइ आवश्यक दरबन्दी ब्यवस्थापन गर्न गराउन निर्देशन दिने,
७) अस्पतालमा रहेका सयौं कर्मचारीले त ब्यवस्थापन गर्न कठिन भएको बिमा सेवा भन्नुस त प्राथमिक सेवा केन्द्रमा रहेका ८-९ जना कर्मचारीले कसरी काम गर्न र सेवा दिन सक्छ्न?
त्यसैले ढिलाइ हैन छिटो आवश्यक अध्ययन गरि तत्काल निर्णय गरि जनताको स्वास्थ्य प्रती तपाईं सदैव चासो चिन्ता गर्ने आदरणीय सममानिय प्रधानमन्त्री ज्युले माग सम्बोधन गरि काभ्रे जिल्ला मात्र नभइ सबै जिल्लाको बारेमा आवस्यक परामर्श सहित उपयुक्त निर्देशन र निर्णय गर्नुहुनेछ भन्ने अपेक्षा अनि आसा भरोसा गर्दै यो पत्र लेखेको छु। “जनताको स्वास्थ्य स्वस्थ रहे सरकार स्वस्थ हुनेछ”, धन्यवाद ।
लेखक: दिपेश घिमिरे, पनौती नगरपालिका- ३, कुशादेवी (ghimiredipesh722@gmail.com)



















